भ्रष्टाचार अभियाेगमा नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ

  • पूर्वीखबर
  • प्रकाशित मिति: फाल्गुन १५, २०७९

नयाँदिल्ली । भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले सिसोदियालाई हिजो बेलुका पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो ।

अनुसन्धानका क्रममा सिसोदियालाई सीबीआईले कार्यालयमा बोलाएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप लागेको बीबीसी हिन्दीले जनाएको छ । सिसोदिया आम आदमी पार्टी (आप) का नेता हुन् । उनको गिरफ्तारीलाई आम आदमी पार्टीले तानाशाही भनेको छ ।

आपले भारतीय जनता पार्टी भाजपाले राजनीतिक प्रतिशोध साधेको आरोप लगाएको छ । उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परे पछि नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । सीबीआईको मुख्यालयभन्दा बाहिर र्यापिड एक्सन फोर्स तैनाथ गरिएको बीबीसी हिन्दीले जनाएको छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved