इटहरी । काठमाडौं उपत्यकाबाहिर सबैभन्दा बढी घरजग्गा कारोबार प्रदेश १ का तिन जिल्ला रहेका छन ।प्रदेश १ का झापा, मोरङ र सुनसरीमा कारोबार बढी हुने गरेको छ ।काठमाडौं बाहिर बढी कारोबार हुने तराईका जिल्लामा बढी देखिएको छ। पहाडबाट तराईमा बसाइँसराइको प्रभाव यी जिल्लामा परेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार देशभर २०७९ को माघमा १ लाख १८ हजार घरजग्गा कारोबार भएका छन्।प्रदेश १ का ३ जिल्लाबाट मात्रै १२ हजार ३०६ वटा कारोबार भएका छन्।चालू आर्थिक वर्षको सुरुमा सुस्ताएको घरजग्गा कारोबार माघसम्म आउँदा बढ्दै गएको छ। अघिल्ला वर्षको तुलनामा भने अझै कम छ।२०७८ को माघमा १ लाख ३२ हजार कारोबार भएका थिए। २०७७ माघमा घरजग्गा कारोबार उच्च रहेको थियो। उक्त समय २ लाख ११ हजार वटा कारोबार भएका थिए।

झापाका २ वटा कार्यालयबाट ५ हजार ९५९ वटा कारोबार भएको देखिएको छ। जसमा भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट ३ हजार ८६१ कारोबार हुन्छ।
दमक कार्यालयबाट २ हजार ९८ वटा कारोबार भएको छ। आघिल्लो वर्ष माघमा ७ हजार ११८ वटा कारोबार भएका थिए। २०७७ माघमा झापाबाट १२ हजार ६९२ वटा कारोबार भएका छन्।

यस्तै मोरङबाट ६ हजार ९१२ वटा कारोबार भएका छन्। मालपोत कार्यालय बेलबारी मोरङले ३ हजार ८३३, विराटनगर कार्यालयबाट २८ सय ३३ वटा र रङगेली कार्यालयबाट ७०६ वटा कारोबार रहेको छ। अघिल्लो वर्ष ७ हजार ८१८ वटा कारोबार भएका छन्।घरजग्गा कारोबार उच्च भएको समयमा १४ हजार १५८ वटा कारोबार भएका छन्।

सुनसरी जिल्लाबाट ४ हजार ८०० वटा कारोबार भएका छन्। भूमिसुधार तथा मालपोत कार्यलय इनरुवा ४ हजार १५, धरानबाट ७८५ कारोबार भएका छन्।अघिल्लो वर्ष सुनसरीमा ६ हजार ४७८ वटा कारोबार भएका थिए। ९ हजार ९७८ वटा कारोबार भएका थिए।