इटहरी/ सुनसरीको इटहरीस्थित बिश्व आदर्श एकेडेमीले छैठौं अभिभावक दिवस मनाएको छ। एकेडेमीले बुधबार बिविध कार्यक्रमका साथ अभिभावक दिवस मनाएको हो।

कार्यक्रममा बिश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले गुणस्तरीय शिक्षासँगै बिद्यार्थीको क्षमता अभिवृद्धिका लागि स्कुलले अतिरिक्त क्रियाकलापमा समेत विशेष ध्यान दिएको जानकारी दिनुभयो।

बिश्व आदर्श स्कुलले सुविधासम्पन्न र स्तरीय शिक्षामा कुनै सम्झौता नगरेको जानकारी दिँदै प्राचार्य गणेश दुलालले काठमाडौका स्कुल कलेजमा पाउने स्तरको शिक्षा विश्वआदर्शले इटहरीमै उपलब्ध गराएको बताउनुभयो। hp-biswa

एकेडेमीले योगदेखि खेलकुद, नृत्य, अभिनय आदिको लागि स्तरीय प्रशिक्षक राखेर बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा प्रोत्साहित गरिरहेको छ भने कक्षा कोठामा पनि बढिभन्दा बढि अन्तरक्रियात्मक सिकाइ बिधि अपनाउँदै आएको दुलालले जानकारी दिनुभयो।

कार्यक्रममा बिश्व आदर्श एकेडेमीका प्राचार्य गणेश दुलाल, सह–प्राचार्य रितेश चौधरी, सह–प्रधानाध्यापक मोहनप्रसाद निरौला, नागरिक समाजका अध्यक्ष राजु केसी, प्याब्सन प्रदेश उपाध्यक्ष सुमित थापा, हिसान सुनसरी अध्यक्ष सागरप्रसाद भट्टराई, नेपाल रेडक्रस सोसाइटी इटहरी अध्यक्ष दिनेश भट्टराईलगायत अतिथी सहभागी थिए।

कार्यक्रममा बालबालिकाले गीत, नृत्य, अभिनय, विभिन्न खेलकुदका साथै फेसन सो प्रस्तुत गरेका थिए। पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसमेत सम्पन्न भएको थियो । hp-biswa 1

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख सुर्य सुवेदीले गर्नुभएको थियो।