इटहरी । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार झापाको भद्रपुर नगरपालिका–५ स्थित अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा दुई जनालाई पक्राउ गरेको हो । 

मे ६प ६२ नम्वरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड–५ का २९ बर्षीय सुरज कुंवर र ३४ बर्षीय सुरेश श्रेष्ठलाई ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । 

यस्तै इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका–४ का ३५ बर्षीय पुर्ण बिक्रम लिम्वुलाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागूऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ र १६ बाट दुई जनालाई पक्राउ गरेको छ । 

भारतबाट नेपाल तर्फ आउदै गरेका को ३१ प ६६५३ नम्बरको मोटरसाइकलमा सवार ट्याम्केमयुम–२ भोजपुरका ३४ बर्षीय प्रविन राईलाई ०.२२ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । 

यस्तै  प्रदेश १–०४–००१ प ८६५१ नम्बरको मोटरसाइकलमा सवार धरान –५ का २९ बर्षीय उज्वल हल्वाईलाई १.७२ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । 

प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।