सुनसरी जिल्ला स्तरीय स्कुल तथा कलेज शिक्षक फुटसल प्रतियोगिताको उपाधि पिस जोनलाई

  • न्युजडेस्क
  • प्रकाशित मिति: फाल्गुन ६, २०७९

इटहरी/ सुनसरीको इटहरीमा सञ्चालित सुनसरी जिल्ला स्तरीय स्कुल तथा कलेज शिक्षक फुटसल प्रतियोगिताको उपाधि पिस जोन आवासीय माबि इटहरीले जितेको छ। संयुक्त पशुपति क्लव इटहरी ९ले शनिबार सञ्चालन गरेको फुटसल प्रतियोगितको उपाधि पिस जोनले जितेको हो।

कोसी सेन्ट जेम्स कलेज, इटहरी–९ले प्रायोजन गरेको प्रतियोगितामा तरहरास्थित हिमशिखर वोडिङ्ग स्कुल उपबिजेता बनेको छ। 

इटहरी १० बिराटनगर लाईनस्थित एसडी फुटसलमा सञ्चालन गरिएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव बिष्टले बिजयी टिमलाई नगद १५हजार र मेडल, उपबिजेता टिमलाई नगद १०हजार र मेडल प्रदान गर्नुभयो।

प्रतियोगिताको पहिलो संस्करणमा सुनसरी जिल्ला भित्रका १४ वटा स्कुल एवं कलेजमा कार्यरत शिक्षकगणको सहभागिता रहेको आयोजक संयुक्त पशुपति क्लवले जनाएको छ।ok

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved