इटहरी । मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहिबार बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका–१० का १९ बर्षीय गोरे भनिने विनय मगरलाई पक्राउ गरेको छ । उनको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको  फेनारगन, डाईजेल्याव, ब्रुफिन सहित ११ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । 

यस्तै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१५ का २६ बर्षीय  लकि गुरुङ, ३२ बर्षीय कुस बहादुर भुजेल, धरान २ का काम्मराज लिम्वु र धरान ४ का ३० बर्षीय सन्जु विकलाई ७३ एम्पुल लुपिजेसिक, एभिल, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेको हो ।  पक्राउ परेका उनिहरूविरुद्ध  थप अनुसन्धान भइरहेको छ १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।