पाँचथर । शैक्षिक प्रमाणपत्र तथा विभिन्न तालिमका नक्कली कागजातहरू बनाई किर्ते  गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।तेह्रथुम म्याङलुङ नगरपालिका १ घर भई काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका १६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू बराममद गरेको छ ।पक्राउ परेका उनीमाथि लिखत सम्बन्धि कसूरको (किर्ते गर्न नहुने) कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।