इटहरी/ मिस नेपाल २०२३ को अडिसन इटहरीमा पनि हुने भएको छ। मिस नेपालको आयोजक संस्था दि हिडन ट्रेजरले बिहिबार इटहरीमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो।

माघ २८ गतेबाट अडिसन हुन लागेको मिस नेपाल २०२३को इटहरीमा हुने अडिसनमा इच्छुकलाई सहभागी हुन हिडन ट्रेजरले पत्रकार सम्मेलनमार्फत आग्रह गरेको छ।

सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीका लागि मिस नेपालको टोली इटहरी आइपुगेको हो। अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन क्षेत्रीय अडिसनको थालनी गरेको छ।

मिस नेपाल-२०२३ का लागि आगामी जेठ १३ गते ललितपुरको गोदावरीमा ग्य्रान्ड फिनाले गरिने आयोजकको भनाई छ।