इटहरी/ प्रदेश नम्बर १लाई भविष्यको एक आकर्षक गन्तव्य बनाउने उदेश्यसहित डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३ सम्पन्न भएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले कार्यक्रम गरेको हो।

आन्तरिक र सिमापार पर्यटन सबलिकरणको नाराका साथ जनवरी २७ देखी ३० तारिकसम्म भएको कार्यक्रममा नेपाल, भारत, बंगलादेश देखी अमेरिकासम्मका पर्यटन गन्तव्यका नेतृत्वदायी विज्ञहरु, पर्यटन उद्योगका विज्ञहरु, टुर अपरेटरहरु समेतको सहभागीता थियो।

धनकुटाको भेडेटार, धनकुटा, सुनसरीको धरान, बराहक्षेत्रको स्थलगत गन्तव्य अवलोकन भ्रमण तथा पर्यटकिय गतिविधिहरुका बिभिन्न कार्यक्रमसहित चारदिने कार्यक्रममा भएको थियो । जनवरी ३०मा मोरङको नेपालरिका होटलमा एकदिने कन्क्लेभ भएको थियो।

कार्यक्रमका दौरान सहभागीहरुले सामुदायिक पर्यटन अनुभवहरु, अन्तरक्रियात्मक भेटवार्ताहरुका साथै पर्यटन क्षेत्रका सरोकारवाला, उद्यमी देखी नेतृत्वहरुको प्रदेश १को पर्यटन विकासका विभिन्न आयामहरुका बारेमा विचार विमर्श तथा छलफल गरेका थिए। कार्यक्रमले सहभागीहरुलाई व्यवसायिक सञ्जाल बिस्तारको महत्वपूर्ण अवसर प्रदान गरेको थियो। two

कन्क्लेभको औपचाारिक उद्याटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाटा नेपाललाई धन्यवाद दिँदै यस खालको कार्यक्रम प्रदेश १लाई गन्तव्यको रुपमा विकास गर्न कोषेढुंगा साबित हुने बताउनुभयो। कार्यक्रममा आएका बिषयहरुलाई प्रदेश सरकारले स्वामित्व लिने र आगामी बजेटमा बिज्ञहरुका सल्लाहहरुलाई समेटेर जाने बताउनुभयो।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार गुरागाँइले स्वागत मन्तव्य राख्दै आफ्नो पालिकामा अन्तरास्ट्रिय स्तरको कार्यक्रम गरेकोमा धन्यवाद दिनुभयो। उहाँले यस्ता कार्यक्रमहरुबाट प्रदेश १ को आन्तरिक र सिमापार पर्यटन बिकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

यसैगरी, पाटा अध्यक्ष बिभुती चन्द ठकुरीले सबै अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै सहयोगी सबै संस्था र स्थानिय सरकारहरुलाई आतित्यता देखी सहकार्यको लागी धन्यवाद दिनुभयो। उहाँ भन्नुभयो‘हामी प्रदेश १ का मुख्यमन्त्री र प्रदेश सरकारसँग आभारी छौँ। पाटा नेपाल च्याप्टर पर्यटन क्षेत्रको बिकास र प्रबद्र्धनको लागी प्रतिबद्ध छ र हामी आफ्ना सदस्यहरु तथा विभिन्न गन्तव्यहरुको दीगो पर्यटन विकास र प्रबद्र्धनका लागी आवस्यक स्रोतसाधनहरु दिन कटिबद्ध छौँ।’

पाटाका सिइओ सुरेश बडालले पर्यटन क्षेत्रको बिकास, विस्तार र प्रबद्र्धन गर्ने भावना अनुरुप कार्यक्रमको गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पाटा अन्तराष्ट्रियको सार्वजनिक निजी साझेदारीमा पर्यटन क्षेत्रको विकास विस्तार र प्रबद्र्धन गर्ने भावना अनुरुप गरिएको डेस्टिनेसन मार्केकिङ कन्क्लेभ एक सुन्दर साझा प्रयत्न हो जसको कारण पर्यटन क्षेत्रका विज्ञ देखी उद्यमि, सरकार र नीजि क्षेत्रका सरोकारवाला सबैलाई एकै ठाँउमा भेला गर्ने अद्धितिय मञ्च प्रदान गरेको छ।’ 3

सीइओ बडालले सार्वजनिक तथा निजीक्षेत्रका सरोकारवालाहरुलाई उदीयमान गन्तव्यका पर्यटन उपज तथा सम्भावनाहरुको प्रवद्र्धनका लागि पनि कार्यक्रमले थप सहज तुल्याउने भन्दै उहाँले ,‘‘प्रदेश १ मा पहिलो पटक भएको यस डि.एम.सी.ले पर्यटनक्षेत्र सँग सम्बन्धित सार्वजनिक तथा निजीक्षेत्रका सरोकारवालाहरुलाई उदीयमान गन्तव्यका पर्यटन उपज तथा सम्भावनाहरुको प्रवद्र्धनका साथै गन्तव्यको दिगो एवम् जिम्मेवारपूर्ण विकासका लागि आवश्यक मार्केटिङ, प्रवद्र्धन र व्यवस्थापन पक्षहरु सम्बन्धी ज्ञान तथा अन्तरदृष्टिहरु आदान–प्रदान गर्ने र सहभागीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल विस्तार गर्ने एक नवीन मञ्च तथा कार्यक्रमको रुपमा अघि सारेका हौँ’ भन्नुभयो।