सुनसरी/ जिल्ला प्रहरी सुनसरीले सोमबार मात्रै ४९जना फरार प्रतिवादी पक्राउ गरेको छ। सोमबार प्रहरीले ३२ जना पुरुष र १७ जना महिला गरेर ४९जना फरार प्रतिबादी पक्राउ गरेको हो।

चालु आर्थिक बर्षमा अदालतहरुबाट बिभिन्न मितिमा, बिभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना तोकि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले बिषेश प्रहरी टोलि परिचालन गरी पक्राउ गर्ने अभियान चलाएकोमा सोमबार मात्रै ३२ पुरुष र १७जना महिला पक्राउ गरेर सुनसरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताउनुभयो।

गएको साउन १गते देखि हालसम्म २सय ३५जना फरार प्रतिवादी पक्राउ गरी उनिहरुबाट ८१ बर्ष ६ दिन कैद र ८लाख ६६हजार ४सय ५१ रुपैँया बराबरको जरिवाना बापदको रकम असुल गरेको प्रनाउ राईले जानकारी दिनुभयो।