काठमाडौ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । गत माघ १२ गतेदेखि शुरु भएको स्थायी समिति बैठक आज पनि बस्न लागेको हो ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको चयनबारे पार्टीको धारणा तथा समसामयिक विषयमा छलफल र निर्णय गरिने बताइएको छ । पछिल्लो समय माओवादी केन्द्रमा नयाँ राष्ट्रपतिको उम्मेदवारबारे छलफल भइरहेको छ । माओवादीमा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने आवाज उठिरहेको छ ।