केराबारी/ मोरङ्गको केराबारी ७ स्थित हितकारी बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको ३०औँ साधारण सभामा १ करोड ८४ लाख ४८ हजार ४ सय ३२रुपैँयाको आयब्यय सार्वजनिक गरिएको छ। शनिबार स्थानीय मिनिल्याण्ड एकेडेमीमा भएको साधारण सभामा आयब्यय सार्वजनिक गरिएको हो।
साधारण सभामा ९७ लाख ८७ हजार ७३ रुपैँया २७ पैँसा बराबरको आय र ८६ लाख ६१ हजार ३ सय ५९ रुपैँया ४४ पैसा बराबरको ब्यय विवरण पेश गरिएको हो। सँस्थाले आर्थिक बर्ष ०७८/७९मा ११लाख २५हजार ७सय १३रुपैँया ८३पैसा नाफा कमाएको सँस्थाका अध्यक्ष कालिका गुरागाँईले जानकारी दिनुभयो।
सँस्थामा हाल १ हजार पाँचसय ६६जना शेयर सदस्य, ४ सय ५४जना बाल बचतकर्ता र १ सय ४० जना दैनिक बचतकर्ता रहेको सँस्थाका कर्मचारी शान्तिबहादुर बुढाथोकीले जानकारी दिनुभयो।
सँस्थाले साधारण सभाका अवसरमा तीनजना बिद्यार्थीलाई सम्मान समेत गरेको छ। गत बर्षको बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने उनिहरुलाई सँस्थाले सम्मान गरेको हो। सँस्थाले फेवा अंग्रेजी स्कुल केराबारी १०की छात्रा चाहना गुरागाँई, सुकुना माबि सुन्दरहरैँचा १०का छात्र आशिष गुरागाँई र सार्वजनिक माबिकी छात्रा आशा अधिकारीलाई सम्मान गरेको हो।
यस्तै सँस्थाले ८जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा केराबारी ७की ईन्द्रकुमारी राई, गंगाबहादुर पूर्वछाने मगर, जितबहादुर राई, मन्दिरा खत्री, अन्नपुर्ण अधिकारी, मनमाया लिम्बु यसैगरी केराबारी ६का जसमान दर्जी र कुसमाया दर्जीलाई सम्मान गरेको छ।
त्यसैगरी जेष्ठ शेयर सदस्य केराबारी ७का जनकबहादुर बिश्वकर्मा र अमृतमाया बिश्वकर्मालाई पनि सस्ँथाले सम्मान गरेको छ।
यसैगरी उत्कृष्ठ ऋणीको रुपमा केराबारी ७ की रेखा बिश्वकर्मा, पवि लिम्बु, यशोदा न्यौपाने तिम्सिना र ईन्दिरा परियार केराबारी ६का शिवलाल बिश्वकर्मा, निरकाजी तामाङ्ग र चुणामणी गिरी सम्मानित हुँदा उच्च बचतकर्ताको रुपमा मित्रलाल बन, उच्च शेयर खरिदकर्ताको रुपमा अम्मरबहादुर बिश्वकर्मा र उच्च बाल बचतकर्ताको रुपमा आयुष गजमेर सम्मानित भएका छन्।
आर्थिक बर्ष २०४९/५०मा २५जना शेयर सदस्यका साथ स्थापना भएको हितकारी साकोसको स्थापनाकालमा स्व.हरिलाल गिरी अध्यक्ष, खड्गनारायण ढुंगाना सचिव अनि स्व.बासुदेव गौतम कोषाध्यक्ष हुनुहुन्थ्यो। स्थापक शेयर सदस्यहरु मध्य आधादर्जन बढिको निधन भईसकेको छ। शुरुमा २५रुपैँया मासिक बचत गर्ने गरेको सँस्थापक शेयर सदस्यहरुले आजको साधारण सभामा स्मरण गरेका थिए।
केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केराबारी गाउँपालिकाका सहकारी समन्वय समिति संयोजक डिल्लिराम शर्मा, केराबारी ७का वडाध्यक्ष खगेन्द्र निरौला, वडा सदस्यहरु शोकबहादुर बस्नेत, रेखा बिश्वकर्मा, केराबारी ६का वडासदस्यहरु मनमाया बिश्वकर्मा, गोपाल बस्नेत एवं बिभिन्न संघसँस्थाका प्रतिनिधिका उपस्थित थिए।
सँस्थाका सचिव भवानी प्रसाद भट्टराईले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले बोल्नुभयो।