काठमाडौं । लोक दोहोरी गायक भीम पोडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी दिएका छन् । उनको घरमै निधन भएको हो ।

‘लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए । दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका भाइ हुन्’, अध्यक्ष विजीले भने, ‘उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णाय थिएँ । राम्रो प्रतिभा भएको मान्छे थिए ।’

पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षति बेहोरेको बताउँछन् । ‘भीम शालीन स्वभावको प्रतिभावान गायक हुन् । उनको निधनले समग्र लोकदोहोरी क्षेत्रमा अपुरणीय क्षति पुगेको छ’, उनले भने ।