सुनसरी/ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व विहीबार विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ। यसैक्रममा इटहरी वडा १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा दाताले निर्माण गरिदिएको मन्दिरमा सरस्वतीको पूजा गरिएको छ।

दिंवगत स्थानीय उमानाथ बजगाईंको स्मृतिमा श्रीमती ९३वर्षीया गायत्रादेवी बजगाईसहित छोराहरु शारदा, बद्री र दुर्गानाथले संयुक्त रुपमा मन्दिर बनाई दिएका हुन्। बजगाईं परिवारले छ लाख रुपैयाँ खर्चेर सरस्वतीको मन्दिर निर्माण गरेको बिद्यालयका प्रधानाध्यापक सरन बस्नेतले बताउनुभयो। 12 (2)

सुनसरीमा सामूदायिक विद्यालयबाट फरक पहिचान बनाएको शैक्षिक संस्थामा पर्छ, राष्ट्रिय माध्यमिक विद्यालय। राष्ट्रिय माविमा एसइइपछि प्राविधिक धारका विषयहरु पढ्न डिप्लोमा इन सिभिल इन्जिनियरिङ् र ओभरसियरमा पढई हुने गरेको छ।

राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा पठनपाठन हुने गरेको छ। कक्षा १० सम्म विद्यार्थीको चाप अत्याधिक रहेको छ।