प्रधानमन्त्री प्रचण्डकाे ३० दिन : २१ दिन सिंहदरबारबाटै सरकार चलाए

  • पूर्वीखबर
  • प्रकाशित मिति: माघ ११, २०७९

 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएको २९ दिनमा २१ दिन सिंहदरबारबाटै सरकार सञ्चालन गरेका छन । प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाले २९ दिनमा प्रधानमन्त्री २१ दिन सिंहदरबारमै उपस्थित भएर काम गरेको जानकारी दिए ।

उनले भनेका छन, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेको भोलि एक महिना पुग्दैछ । पदभार ग्रहणपछिका २९ दिनमध्ये ४ दिन शनिबार थिए, १ दिन सार्वजनिक विदा थियो, १ दिन शोक विदा दिइयो । बाँकी २३ दिनमध्ये उहाँ २१ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाटै सरकारका कामकाज गरिरहनुभएको छ।’

उनले प्रधानमन्त्रीले सिंहदरबारमा बसेर शासन गर्नुले सकारात्मक सन्देश प्रवाह गरेको पनि बताएका छन । तिमल्सिनाले भनेका छन, ‘रूप पक्षबाट हेर्दा विषय सामान्य लाग्न सक्छ। तर, सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सिंहदरबारबाटै सरकार सञ्चालन गर्ने कुरा त्यस्तो बिज हो, जुन बिज एकदिन फल्नेछ, फुल्नेछ। र, अघिल्लो कार्यकालभन्दा गुणात्मक परिणाम दिन सफल हुनेछ।’


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved