झापा/ झापाको शिवसताक्षीमा ‘वाटर किंङ्डम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ हुने भएको छ। नगरको वडा नम्बर ८ स्थित वाटर किंङ्डम पार्क एण्ड रिसोर्ट प्रालिले महोत्सव गर्ने भएको हो।

फागुन १ देखि ५ गते सम्म आयोना हुने उक्त महोत्वस संभवत झापामा पृथक हुने अनुमान गरिएको छ।आदिवासी जनजातिको परम्परागत तथा मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव गरिने आइतबार पार्कका आयोजित पत्रकार सम्मेलनमा संचालक राजकुमार संग्रौलाले बताए । उनले भने, ‘कम्तिमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकले महोत्सवको अवलोकन गर्नेछन् ।’

विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा, कला, भाषा र लिपीलाई जगेर्ना गर्दै भावी पुस्तालाई सुशिक्षित गराई सांस्कृतिक मूल्य मान्यतालाई जीवन्त बनाउन महोत्सवको आयोजना गरिएको पार्क सञ्चालक संग्रौलाले बताए ।

उनले महोत्सवमा प्रत्येक दिन अलग अलग समुदायका मौलिक परिकारहरुको फुड स्टल, बाजागाजा, हातहतियार, पोशाक, लिपीहरुको प्रदर्शनी गरिने बताए । महोत्सव अवधिभर पार्कले सर्वसाधरणकालागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।

उहाँले महोत्सवको अन्तिम दिन पूर्व मै पहिलोपटक नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीको सांगीतिक कार्यक्रम रहने जानकारी दिए । सो कार्यक्रम हेर्नका लागि भने प्रवेश शुल्क तोकिएको उहाँको भनाई छ ।

यो पार्क २०७७ सालबाट सञ्चालनमा आएको हो । संग्रौलाको करिब ५७ करोडको एकल लगानीमा पार्क सञ्चालन भइरहेको छ । पार्कमा एक बर्षमा एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् ।

उनले युवाहरुलाई समयसापेक्ष व्यवसायिक सिप माध्यमबाट स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले आगामी बैशाखदेखि कुकिङ, कलिनरी आर्ट, बेकरी, बारिष्टालगायतका सीटिइभीटीबाट मान्यताप्राप्त व्यवसायिक कोषको समेत सञ्चालनको तयारी रहेको जानकारी दिए ।

पार्कमा मुख्य आषर्कणको रुपमा रहेको जीप लाइन राइडिङ, जीप साइक्लिङसहित स्विमिङ पुल, बेभपुल, सावर डान्स, वाटर स्लाइड, किड पुलमार्फत पर्यटकलाई मनोरञ्जन दिने गरिएको उनको भनाई छ । प्रदेश नम्बर १ मै पहिलोपटक सञ्चालनमा आएको यस वाटर पार्कभित्रै सुविधासम्पन्न होटल,लज, रेस्टुरेन्ट, पार्टी प्यालेससमेत सञ्चालनमा छ ।

महोत्सव अवधिभर विएण्डसी अस्पतालको विशेषज्ञ टोलीले निःशुल्क स्वास्थ्य शिविर साथै क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने पार्ककी संचालिका मेनुका संग्रौलाले बताएकी छन् ।