इटहरी/ सुनसरीको इटहरीमा पुस्तक प्रदर्शनी शुरु भएको छ। पुस्तक पढ्ने सँस्कारको बिकास गर्ने उद्धेश्यसहित एक हप्ते पुस्तक प्रदर्शनी शुरु गरिएको हो।

एकता वुक्सले आफ्ना प्रकाशन तथा आफुले बिक्री गर्दै आएका पुस्तकहरु छुटका साथ विक्री गर्दै पुस्तक पढ्ने संस्कारको विकासमा जोड दिएको हो। एकता वुक्सका प्रवन्ध निर्देशक रामचन्द्र तिमोथीले आफ्नो वाल्यकालमा पाठ्यक्रमको पुस्तक वाहेक two अरु पुस्तकहरु पढ्न नपाएको बिषयलाई मध्यनजर गर्दै संसारभरका बिषय जानकारीका लागि नयाँ पुस्तालाई सहज होस भनेर पुस्तक प्रदर्शनी शुरु गरिएको जानकारी दिनुभयो। तिमोथीले २० देखि ३० प्रतिशत छुटमा पुस्तकहरु विक्रीका लागि राखिएको समेत वताउनुभएको छ।

प्रविधिको वढ्दो प्रयोगसँगै पुस्तक पढ्ने बानी हराउदै गएको समयमा प्रर्दशनीले विद्यार्थीलाई पुस्तक पढ्ने बानीको विकास गर्न मद्दत पुर्‍याउने इटहरीस्थित सेकेण्डरी स्कुलकी प्रिन्सिपल मिना सुब्बाले विश्वास व्यक्त गर्नुभयो।

प्रर्दशनीमा कार्टुन, मोटिभेसन, डिक्सनेरी देखि लिएर बिभिन्न किसिमका पुस्तकहरु रारिएका कारण पनि विद्यार्थीका साथै अन्य मानिसका लागि प्रदर्शन महत्वपुर्ण रहेको प्रदर्शनी हेर्न आएकी सेकेण्डरी स्कुलकी विद्यार्थी सलोनी खवास वताउनुहुन्छ।

एकता वुक्सको इटहरी शाखाको संयोजनमा शुरु भएको पुस्तक प्रदर्शनी अन्य शाखाहरुमा पनि गरिने जनाईएको छ।