धनकुटा । प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव आज (शुक्रबार) देखि सुरु हुँदै छ । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ ।

आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईका अनुसार यही माघ १६ गतेसम्म चल्ने उक्त महोत्सवमा उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० कक्ष रहेका छन् । हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा रु पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले जानकारी दिए ।