काठमाडौं । किराँती समुदायमा आधारित चलचित्र ‘सँघार’ माघ १६ गते काठमाडौंस्थित मण्डला नाटकघरमा विशेष प्रदर्शन हुने भएको छ ।खोटाङको विभिन्न रमणीय स्थानहरूमा छायाँकंन गरिएको ‘सँघार’ पारिवारिक र गाउँले प्रेम कथा समेटिएको सामाजिक चलचित्र हो । 

यस चलचित्रमा अस्मिता राई, प्रयाश दुमी राई, शुष्मा राई, अरुण राई, मनोज राई, दुर्गा बान्तावा, बिबेक दुमी, अनिसा चाम्लिङ, सम्झना राई लगायतको अभिनय रहेको छ । सेवा इन्टरटेन्मेन्टको प्रस्तुति तथा प्रयाश दुमी राईको कथा-निर्देशन रहेको छ ।

चलचित्रको छायाँकन दुर्गा बान्तावा र मनोज राईले गरेका हुन् । यस्तै भिडियो सम्पादन र पोस्टर डिजाइन मनोज राईले गरेका हुनु भने ड्रोनमा दुर्गा बान्तावा रहेका छन् । यसैगरी चलचित्रको गीतमा राजेश पायल राई र शुष्मा राईको स्वर, प्रयास दुमी राईको शब्द, पदम राजन मगरको संगीत तथा संयोजन रहेको छ ।

यसअघि चलचित्र ‘सँघार’को भोजपुर, खोटाङ र उदयपुरका १२ भन्दा धेरै ठाउँमा सफल प्रर्दशन भइसकेको छ । काठमाडौंमा १६ गते सोमबार दिउँसो २ बजे प्रदर्शन हने निर्देशक प्रयाश दुमी राईले जानकारी दिए ।