पोखरा/ पोखरामा भएको यती एयलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव दुर्घटनास्थलबाट तीनसय मिटर तल भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिक शाहीका अनुसार दुर्घटनास्थलबाट तीनसय मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो।

अझै एक जनाको अवस्था भने अज्ञात रहेको छ। योसँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ। मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर शवको खोजी थालिएको थियो।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरामा दुर्घटना भएको थियो। जहाजमा चालकदलका चार सदस्य सहित ७२ जना सवार थिए।