इटहरी । आइतबार पोखरामा अवरण गर्नुअघि दुर्घटनामा परेको यती एयरलाइन्सको एन–एनसी एटीआर ७२ विमानमा लागेको आगो नियन्त्रणमा आएको छ। दुर्घटनामा परेकामध्ये २९ जनाको शव गण्डकी अस्पतालमा लगिएको छ। विमान खोचमा परेका कारण उद्धारमा समस्या भएको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए। 

उनका अनुसार अहिलेपनि उद्धार कार्य जारी छ।‘विमान खोंचमा परेका कारणले उद्धारमा समस्या भएको छ’, उनले भने। आगो लागेलगत्तै हेलिकोप्टरबाट पानी खन्याए पनि निभ्न सकेन। दुर्घटनापछि तत्कालै उद्धार गर्दा पनि जीवित यात्रु भेटिन मुस्किल भएको छ।