झापा/ झापाको बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व गरेको समयमा बिर्तामोड स्थित चारपानेमा पुरुषको हत्यामा संलग्नलाई पक्राउ गर्दै कानुनी दायरामा ल्याउन सफल, मोटरसाइकल चोरीको गिरोहलाई नै पक्राउ गर्दै कानुनी कारबाहीको दायरामा ल्याउने प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जिल्ला प्रहरी कार्यालय दाङमा रहेका बेला पनि फरार अपराधीलाई पक्राउ गरेर चर्चा कमाएका थिए । सुक्ष्म अनुसन्धानमा दख्खल राख्ने डीएसपी रिजालले नेतृत्व गरेका अधिकांश अपराध अनुसन्धानलाई टुङ्गोमा पु¥याएर नागरिकको मन जित्न सफल भएका छन् ।

उनले अपराध अनुसन्धानको क्रममा प्रहरीलाई अपराधीसम्म पुग्न सहज होस् भन्ने उद्धेश्यले विभिन्न उपनाम दिएर अनुसन्धान गर्ने गरेका छन् । यसैक्रममा अर्घाखाँचीको नेतृत्व सम्हालेको केही समयमा नै उनले अपराध नियन्त्रणमा अर्को सफलता पाएका छन् । विभिन्न ब्यक्तिको हत्यामा संलग्नलाई उनले ‘सिरियल किलर’ अन्तरगत पक्राउ गरेसंगै उनले अपराधमा संलग्न जो सुकै पनि प्रहरीबाट भाग्न नसक्ने सन्देश दिएका छन् ।

अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् ।शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले शृङ्खलाबद्ध रूपमा यही पुस १७ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए ।

प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजाल

श्रीमतीसँग मिलेर गरेको हत्यारा सुशान्तले बताएपछि उनकी श्रीमती शितगङ्गा–१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाइ प्रहरीले पक्राउ गरेको छ ।

गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा तीनै महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरू दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।