सुनसरी/ सुनसरीको धरानस्थित प्राज्ञिक एजुकेशन फाउन्डेसन प्रा.लि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ। फाउण्डेशन धरान उपमहानगरको उत्कृष्ट करदाताबाट सम्मानित भएको हो।

बुधवार धरान उत्सवको उद्घाटन कार्यक्रममा फाउन्डेसनलाई उत्कृष्ट करदाताको रूपमा सम्मानसहित कदर पत्र प्रदान गरिएको हो। धरान उपमहानगरपालिकाको समग्र बिकासका लागि नगरलाई बुझाउनु पर्ने कर मध्ये सम्पत्ति कर तर्फबाट समयमा र सबैभन्दा बढी बहाल कर बुझाएको भन्दै प्राज्ञिक एजुकेशन फाउन्डेसनलाई सम्मान गरिएको उपमहानगरले जनाएको छ। Three 1

यस्तै सुनसरी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अशोककुमार राईले प्राज्ञिक एजुकेशन फाउन्डेसनका निर्देशक अशोक अग्रवाललाई कदर पत्र प्रदान गर्नुभयो।

धरान उत्सवको उद्घाटन समारोहका प्रमुख अतिथि रहनुभएका राईले प्राज्ञिक एजुकेशन फाउन्डेसनबाट सञ्चालित केके इन्टरनेशनल स्कुलले धरानको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

बलियो राष्ट्र निर्माणका लागि शिक्षा क्षेत्रबाट फाउन्डेसनमार्फत यसरी नै नगरको बिकासको लागि सदैव योगदान पुर्‍याउने निर्देशक अशोक अग्रवालले प्रतिबद्धता जनाउनुभएको छ। two 1