एजेन्सी/ काजुलाई ड्राइफुडको राजा भनिन्छ। काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि । काजुमा मैग्निसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

१). काजुमा यथेष्ट मात्रामा आइरन तत्व पाइने हुदाँ यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्छ ।

२). यसमा भरपुर मात्रामा एन्टी व्यक्टेरियल तत्व हुन्छ । जसले हाम्रो छालालाई सुन्दर बनाई राख्न मद्दत गर्छ ।

३). यसमा फस्फोरसको मात्रा यथेष्ट हुन्छ। जसले हाम्रो दाँतलाई मजबुत बनाउँछ ।

४). काजु हाम्रो स्वास्थयको लागि पनि निकै लाभदायक छ किनकी यसले हाम्रो शरीरलाई कमजोर हुन दिदैन ।

५).त्यसबाहेक, यसमा कयौ प्रकारका भिटामिन पाइन्छ, जसले हाम्रो शरीरलाई मजबुत बनाउँछ ।

६). काजुमा सोडियमको मात्रा कम हुनुका साथै पोटासियमको मात्रा धेरै हुन्छ , जसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

७). काजुमा सेलेनियम तथा भिटामिन इ भरपुर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ। यसले पाचन शक्ति बढाउँछ र क्यान्सरको जोखिम कम गर्छ । यसमा जींक तत्व पनि पाइने हुदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ ।

८). काजुमा कोलेस्ट्रोलको मात्रा न्युन हुन्छ, जसले हृदयघातको जोखिम कम गर्छ ।

९). काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ ।

१०). काजुमा भिटामिन बी भरपुर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिवद्धक खाना पनि भन्ने गरिन्छ । खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

११). काजुको तेलले दुवीको सेतो दाग कम गर्छ ।

१२). काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुख्खापन कम हुनुका साथै छाला नरम हुन्छ ।