पथरी/ मोरङ्गको पथरी–शनिश्चरेस्थित अन्नपुर्ण माध्यमिक बिद्यालयका बिद्यार्थीले उर्लावारीस्थित नमुना बाल गृहलाई खाद्य सामाग्री प्रदान गरेका छन्। कक्षा ९मा अध्ययनरत बिद्यार्थीले गुड फ्राईडे अन्तरगत खाद्य सामाग्री प्रदान गरेका हुन्।
कक्षा ९मा अध्ययनरत ४० जना बिद्यार्थीले गुड फ्राइ डे अन्तरगत चामल आलु प्याजलगायतका खाध्य सामाग्री सहयोग गरेको स्कुलका प्रिन्सिपल नारायण कट्टेलले पूर्वीखबरसँगको कुराकानीका क्रममा बताउनुभयो।
हरेक शुक्रबार सृजनात्मक काम गर्दै आएका बिद्यार्थीले शुक्रबार भने खाध्य सामाग्री सहयोग गरेको भन्दै प्रिन्सिपल कट्टेलले अघिल्लो साता पनि बिद्यार्थीले सुन्दर सामुदायीक वन क्षेत्रमा वृक्षरोपण गरेको बताउनुभयो।
बिद्यार्थीले बृक्षरोपणका क्रममा रुद्राक्ष, पिपल अनि प्रजातीका फुलका विरुवाहरुका साथै बिभिन्न फलफुलका बिरुवा रोपेका प्रिन्सिपल कट्टेलले बताउनुभयो। प्रिन्सिपल कट्टेलले आगामी शुक्रबार न्यानो लुगा संकलन गरि विपन्न परिवारमा वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो।
अन्नपुर्ण स्कुलले शैक्षिक कृयाकलापका अतिरिक्त समुदायमा उदाहरणीय काम गर्दै आएको आएको प्रिन्सिपल कट्टेलले बताउनुभयो। उहाँले स्कुलपछि समुदायमा घुलमिल कसरी हुने दुविधा हटाउन बिद्यालयले आफ्नो नियमित कार्यतालिका बनाएरै बिद्यार्थीलाई समुदायमा पठाउने गरेको प्रिन्सिपल कट्टेलले बताउनुभयो।