सुनसरी/ यत्र–तत्र सर्वत्र बिश्वकपको माहौल चलेको छ। राम्रा र बलिया धेरै राष्ट्रहरु बिश्वकपको दौडबाट बाहिरी सकेका छन् भने आज दोश्रो सेमिफाईनल खेल हुँदैछ।

बिश्वकपको पर्वले इटहरी–८ मा सञ्चालनमा रहेको कञ्चनजंघा से.बो.स्कुललाई पनि नछोई बस्न सकेन। बिश्वकप २०२२लाई सिकाईको लागि उत्कृष्ट अवसरको रुपमा स्कुलले लिई विविध कार्यक्रमहरु गरि विश्वकपलाई झनै भब्यताका साथ स्वागत गरेको छ।

स्कुलमा खेल सप्ताहझै गरि पहिलो दिनको कार्यक्रममा विभिन्न देशहरुको झण्डा, देशको नाम तथा भौगोलिक अबस्थाका बारेमा परिचयात्मक कार्यक्रम स्कुलले गराएको छ। ttwwoo

दोस्रो दिन बिभिन्न समुह र सपोर्टका राष्ट्रको जर्सीमा बिद्यार्थीले फुटसल खेलेर वल्डकपको मज्जा लिएका छन्। सिनियर र जुनियर ग्रुपमा बिभाजन गरि खेलाईएको फुटबलमा बिद्यार्थी अत्यन्तै रमाएको स्कुलका सहायक–प्रिन्सिपल गणेश कोइराला बताउनुहुन्छ।

स्कुलले तेस्रोदिन गरेको सचेतनात्मक र्‍यालीमा लागेको नारा तथा बिद्यार्थीको उत्साहले कार्यक्रम झनै आकर्षक भएको थियो। चौथो दिन आफूले आईडल मानेका खेलाडी उनिहरुको जीवनी तथा उनीहरुले गरेका कठिन मेहेनत तथा सफलताको कथा बिद्यार्थी र शिक्षकगणको माझ प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक समापन गरिएको थियो। खेलको माध्यमबाट सिकाउन र बुझाउन सजिलो भएको र शत–प्रतिशत बिद्यार्थी सहभागी भएको कार्यक्रम संयोजक बताउछन्।

इटहरी क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्दै आएको कञ्चनजंगा स्कुल हाल आफ्नै सुविधा सम्पन्न नयाँ भवनमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा रहेको र समय समयमा बिभिन्न गतिविधिहरु सञ्चालन गर्दै आईरहेको स्कुलका प्रिन्सिपल हरि आचार्यले बताउनुभयो।