सुनसरी/ सुनसरीको इटहरी–९ नयाँ बसपार्क नजिकै सञ्चालनमा रहेको चिजन्स प्यालेस स्कुलले बिभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कतारमा सञ्चालन भईरहेको बिश्वकप फुटबलको समर्थन गर्दै स्वस्थ्य जीवनका लागि खेल कति महत्वपूर्ण छ भन्ने बुझाउन विविध कार्यक्रम गरेको हो।

खेल किन आवश्यक छ, स्वास्थ्य रहन खेलको कस्तो भुमिका रहन्छ ? लगायतका बिषय बुझाउदै विश्वकप फुटबलका बारेमा विस्तृत जानकारी गराउँदै पढाईमा, जीवनमा अनि खेलकुदमा पनि अनुशासनको कति महत्व छ भन्ने बुझाउन कार्यक्रम गरिएको स्कुलकी प्रिन्सीपल ग्रेस आचार्यले बताउनुभयो।

इटहरी क्षेत्रमा नै कक्षा –५ सम्मका बिद्यार्थीका लागि भिन्न शैलिमा सिकाई, बुझाई र गराईको माध्यमबाट अध्यापन गराउदै आएको र हाल विश्वभरि फिफा वल्र्डकप २०२२ पर्वको रुपमा मनाईरहेको अवस्थामा चिजन्स प्यालेस स्कुलले आफ्ना बिद्यार्थीका लागि खेल सम्बन्धी ज्ञान दिन तथा बुझाउन हालको वल्र्डकप २०२२ लाई ठुलो अवसरको रुपमा लिएको प्रिन्सीपल आचार्यले बताउनुभयो। school 2

जसका लागि बिबिध कार्यक्रमहरु स्कुलमै तथा स्कुल बाहिर गरेर अवसरलाई सिकाईमा उपयोगी बनाउदा हाँस्दै खेल्दै उत्साहका साथ बाल–बालिकाले सहभागिता जनाएको स्कुलकी कोअर्डिनेटर किरण दासले बताउनुभयो। स्कुलमै गरिएको पहिलो दिनको कार्यक्रममा विभिन्न देशहरुका झण्डा, देशको नाम तथा भौगोलिक अबस्थाका बारेमा परिचयात्मक कार्यक्रम स्कुलले गराएको थियो।

यस्तै दोस्रो दिन आफूले सपोर्ट गरको देशको फुटबल जर्सी लगाएर विभिन्न खेलाडीको बारेमा चर्चा परिचर्चा पछि इटहरिका बिभिन्न स्थानहरुमा सचेनात्मक ¥यालि निकालिएको थियो।

तेस्रो दिन विभिन्न समुहमा विभाजन भएर फुटसल प्रतियोगिता गराईएको थियो। प्रतियोगितामा अत्यन्तै उत्साहका साथ बालबालिकाले भाग लिएको स्कुलकी प्रिन्सिपल आचार्यले बताउनुभयो। school 1

यसैगरी चौथो दिन आफूले आईडल मानेका खेलाडी उनिहरुको जीवनी तथा उनीहरुले गरेका कठिन मेहेनत तथा सफलताको कथा शिक्षकले बिद्यार्थीलाई बुझाएका थिए।

जवर्जस्ती रटाएर घोकाएर अनि पढ भनेर मात्र नहुने चिजन्स प्यालेस स्कुलकी प्रिन्सीपल ग्रेस आचार्य बताउनुहुन्छ। प्रत्येक अवस्थामा सिकाईलाई अबसरको रुपमा लिई सिक्ने र सिकाउने गर्दै आएका कारण नै चिजन्स प्यालेस स्कुल झट्टहेर्दा अन्य सामान्य स्कुल जस्तै देखिएपनि यहँको शिक्षण पद्दति फरक रहेको र यहाँका बिद्याथीको सिक्ने उत्साह र क्षमता अझ धेरै विकाशहुम्दै गएको स्कुलकी को–अर्डिनेटर किरण दास बताउनुहुन्छ। school 3

भर्खरै मात्र गर्मी शिवीर (Summer Camp) सकेको यस स्कुलले गरेका फरक कामकै कारण हाल इटहरी क्षेत्रमा एक उत्कृष्ट प्राथमिक तहको स्कुलको रुपमा चिनिएको छ। सिकाईलाई खेल र खेललाईनै सिकाई बनाउन सकेमात्र एक्काइसौँ शताब्दीको समय सापेक्ष शिक्षा दिन सकिने प्रिन्सीपल आचार्य बताउनुहुन्छ। school 5

जे सुकै होस् हाल मोबाइल र ल्यापटपको लतमा लागेका बालबालिकालाई विविध किसीमका खेलकुदमा सहभागि गराई शारिरीक र मानसिक रुपमा हाम्रा नानीबाबुलाई स्वस्थ राख्ने प्रयास स्कुलहरुले अझ धेरै गर्नुपर्ने देखिन्छ।