भोजपुर/ शिव सेना नेपाल भोजपुरले स्थानीय एक बिद्यालयमा शैक्षिक सामाग्री प्रदान गरेको छ। शिवसेना नेपाल जिल्ला कार्यसमिति भोजपुरले स्थानीय अरुणोदय आधारभुत बिद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो।

भोजपुरको हतुवागढी ५स्थित अरुणोदय आधारभुत बिद्यालयमा शैक्षिक सामाग्री प्रदान गरेको शिवसेना नेपाल जिल्ला कार्यसमिति भोजपुरका संयोजक सुसम राईले जानकारी दिएका छन्।

शैक्षिक सुधार कार्यक्रम अन्तरगत ३९जना बिद्यार्थीलाई कापी, पेन्सिल, जमेट्री बक्सलगायतका सामाग्री एवं बिद्यालयलाई साउण्ड बक्स, राष्ट्रिय झण्डा पनि प्रदान गरेको शिव सेना नेपालका केन्द्रिय सदस्य सुरज कँडेलले बताएका छन्।

यस्तै शिव सेना भोजपुरले एकजना अशक्त र एकजना जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको जिल्ला कार्यसमिति भोजपुरका संयोजक राईले जानकारी दिएका छन्। pic

शिव सेना भोजपुरले अव हरेक बर्ष २जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने निर्णय समेत गरेको छ।

शिव सेना भोजपुरका उपाध्यक्ष पहलसिंह राईको सभापतित्वमा भएको कार्यक्रममा बिद्यार्थीका अभिभावक, शिक्षकगण, स्थानीय समाजसेवी, शिक्षासेवीलगायतको उपस्थिति थियो।