केराबारी गाउँपालिकाले सार्वजनिक जग्गाको पहिचानको प्रक्रिया बढायो अगाडि आवश्यक परे पिल्लर, तारजाली लगाउने

  • न्युजडेस्क
  • प्रकाशित मिति: मंसिर ११, २०७९

केराबारी/ केराबारी गाउँपालिका अन्तर्गतको सार्वजनिक जग्गा संरक्षण तथा उपयोग समितिको पहिलो बैठकले सार्वजनिक जग्गाको पहिचानको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदर्शन दाहालले सो समितिको निर्णय अनुसार अव गाउँपालिकाकाले पहिलो चरणमा सार्वजनिक जग्गा पहिचान गरि रेखांकन गर्ने निर्णय गरिएको बताउनुभएको छ। दाहालले पूर्वीखबरसँगको कुराकानीका क्रममा सार्वजनिक जग्गाको पहिचानपछि संरक्षण गर्न आवश्यक परे पिल्लर, तारजालीजस्ता उपायहरु समेत अवलम्बन गर्ने बताउनुभयो।

संरक्षणको काम पश्चात सार्वजनिक जग्गाको प्रकृति हेरेर सार्वजनिक वा व्यावसायिक प्रयोजनमा उपयोग गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभयो।

यस्तै शनिबारको बैठकले बसपार्क, फोहोरमैला ब्यबस्थापनको लागी ल्यान्डफिल साइट, मृत्युसँस्कारपछिको चिहान क्षेत्र तथा सम्भावित औद्योगिक क्षेत्र समेत पहिचान गर्ने निर्णय गरेको दाहालले बताउनुभयो।

गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ बमोजिम यो कार्यविधि तर्जुमा गरी साउन ४ गते गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत गरी लागू गरिएको अधिकृत दाहालले जानकारी दिनुभयो।

1 2 3 4 5  6


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved