केराबारी ९का हात्ती पिडितलाई गाउँपालिकाले मुआब्जा दिने

  • न्युजडेस्क
  • प्रकाशित मिति: मंसिर ७, २०७९

केराबारी/ केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले केराबारी ९बेलचौरीका हात्ती पिडितहरुसँग भेटेर उचित मुआब्जा दिने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ। अध्यक्ष मिरिङचिङले बुधबार हात्ती पिडितहरुलाई भेट्नुभएको हो।

बुधबार नै गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले पनि क्षतिको निरिक्षण गर्नुभएको छ। उहाँले पनि गाउँपालिकाको समन्वयमा उचित मुआब्जा दिने प्रतिबद्दता जनाउनुभएको छ।

गएराती आएका १५देखि १७वटा हात्तीले स्थानीयले लगाएको धानबाली अनि स्थानीयका केहि घरमा अनि नारी बिकास संघको भवनमा क्षति पुर्‍याएको केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले पूर्वीखबरसँगको टेलिफोन सम्बादमा जानकारी दिनुभयो। उहाँले स्थानीय दधिराम फुयाँल र गोबिन्द तिवारीको घरमा हात्तीले क्षति पुर्‍याएको बताउनुभयो।

उपाध्यक्ष मगरले स्थानीय लक्ष्मी गुरुङ्गको झार्न ठिक्क पारेको धानको कुन्यु, एवं तोर्णबहादुर गुरुङ्ग(भुल्केली कान्छा)को धानको कुन्युमा पूर्ण क्षति पुर्‍याएको र अर्का एकजना स्थानीयको धानको कुन्युमा सामान्य क्षति पुर्‍याएको बताउनुभयो।

केहिबेर अघि पनि गाउँपालिकाबाट घर फर्कने क्रममा छावासहित १७वटा हात्ती केराबारी ९मा भेटिएको भन्दै केराबारी ९ आसपासका स्थानीयलाई सचेत रहन आग्रह गर्नुभएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved