पथरीशनिश्चरे/ मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा मोरङ्गको कानेपोखरी–४का जयराज संयोक लिम्बुले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेद्वारी दर्ता गर्नुभएको छ। लिम्बुले माछा चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ।

दलविहिन निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य बहदलिय प्रजातान्त्रिक व्यवस्थाको स्थापनार्थ भएको आन्दोलनमा बाल्यकाल देखि सरिक रहेका व्यक्ति लिम्बु हुनुहुन्छ। लिम्बुको वुवा स्वदेशमा अराष्ट्रिय तत्व (अःत) घोषित भई भारत प्रवासमा जाँदा परिवारको सदस्यको रुपमा लिम्बु पनि बाल्यकाल देखि भारत प्रवासमा रहनुभएको थियो।

किशोर अवस्था देखि नै राजनीतिमा संलग्न रहनुभएका लिम्बु लामो बहुदलीय लोकतान्त्रिक आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा संलग्न भएको व्यक्ति भएपनि आज दल विहिन स्वतन्त्र उम्मेद्वारको रुपमा माछा चिन्ह लिएर निर्वाचनमा होमिनुभएको छ। DSC_0542

राजनीतिक दलका नेताहरुको व्यक्तिगत स्वार्थले दलको नीति, सिद्धान्त, आर्दश र पद्दतीलाई ध्वस्त बनाई दिएको ठहर लिम्बुको छ। विश्वव्यापी विचार र सिद्धान्तहरू भन्दा पृथक ढंगले दलीय मूल्य मान्यतालाई तिलाञ्जली दिँदै अपवित्र गठबन्धनको गाँठोमा बाँधिएको अवस्था आज बिधमान रहेको लिम्बुको भनाई छ।

मोरङ क्षेत्र नं. ३ का राप्रपा, काँग्रेस र एमालेका उम्मेद्वारहरू एउटै ध्रुव केन्द्रित उम्मेदवारहरु रहेको ठहर गर्दै लिम्बुले राष्ट्रिय हितको दृष्टिले मोरङ क्षेत्र नं. ३ को निर्वाचन अरु एकलकाँटे एकपक्षीय रहेको निष्कर्ष निकाल्दै शक्ति सन्तुलनका दृष्टिकोणले स्वतन्त्र उम्मेद्वारी आवश्यक परेको र उम्मेद्वारी दिएको बताउनुभएको छ।

मोरङ क्षेत्र नम्बर ३मा काँग्रेसले आफ्नै अग्रजको–अपमान गरेको, त्याग र बलिदानलाई मुर्ख ठानेको अनि अनवरत क्रियाशिलतालाई वेवकुफी ठानेको र सादगि अनि सहनशिलतालाई कमजोरी ठानेको यस्तै गरीबीलाई उपहास गर्दै गुलामीको श्रोत ठानेको लिम्बुको ठहर छ।
लिम्बुले शनिबार पथरीमा पत्रकार सम्मेलन गर्दै स्थानीय कांग्रेस नेतृत्वले आत्मस्वभिमानलाई तुच्छ मूल्यमा तौलिएको र निष्ठालाई खरिद गर्ने कुचेष्टा गरेको भन्दै यस्तो भद्रगोल अवस्थाबाट प्राण पाउन स्वतन्त्र उम्मेद्वारी दिएको बताएका छन्।

लोकतान्त्रिक व्यवस्थामाथि लागेको कलंक मेटाउन, समाजवादको सपना देख्ने अग्रज सहिदहरुको सपना मेटिन नदिन विद्रोह गरेको जनाउँदै लिम्बुले बिद्रोहको बलिबेदीबाट सृजित नयाँ अवस्थाले पार्टीमा इमान र निष्ठाका प्रतिमुर्ति काँग्रेसजनमा मानसम्मान पहिचान र गर्वको अवस्था बनाउने पत्रकार सम्मेलनमा बताउनुभएको छ।

लिम्बुका घोषणा पत्र :

One