इटहरी/ कोशी राजमार्ग अन्तरगत सुनसरीको इटहरीमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको ज्यान गएको छ। कोशी राजमार्ग अन्तरगत इटहरी –१०संबिधान चोकमा मोटरसाईकल ठोक्किएका हुन्।

शुक्रबार साँझ(हिजो) इटहरीतर्फबाट बिराटनगर जाँदै गरेको प्रदेश १-०२-४१प ४४११ नम्बरको मोटरसाइकल र बिराटनगरबाट इटहरी तर्फ आउँदै गरेको को ४ प १४१० नम्बरका मोटरसाईकल ठोक्किँदा मोरङ बूढीगङ्गा–१ का अन्दाजी ४५ बर्षीय ओजराज लुइँटेल अनि धरान-१५ का अन्दाजी ४० बर्षीय राजन राई र ३०/३२ बर्षीय रामु राई गम्भिर घाईते भएका थिए।

घाईते तीनैजनालाई उपचारको लागि बिराटनगरस्थित आर्या न्युरो हस्पिटल लगिएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी निरीक्षक भिम खड्काले जानकारी दिनुभयो। मृतक तीनैजनालाई पोष्टमार्टमका लागि बिराटनगरकै कोशी हस्पिटल पठाईएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो।

बिराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकलमा राईद्वय र बिराटनगर जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ओझा सवार थिए।

कोशी राजमार्ग बिस्तार भएसँगै अचेल हरेक दिन जसो दुर्घटना हुने गरेको छ। जानकार एवं सरोकारवालाहरुका अनुसार अत्याधिक गतिका कारण दुर्घटनाको क्रम बढेको हो।