बिराटनगर/ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार”बाट प्रहरी सहायक निरीक्षक भक्तबहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादबलाई प्रदान गरिएको छ। ६७प्रहरी दिवसको अवसर पारेर प्रदान गरिएको १ लाख पुरस्कार राशीको आठौँ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार”बाट बिष्ट र यादव पुरस्कृत भएका हुन्।

प्रदेश नम्बर १ भरिबाट उत्कृष्ट कार्य गर्ने बिष्ट र यादवलाई प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो। पुरस्कृत प्रसनि बिष्टले सुनसरीका बिभिन्न ठाउँहरुबाट बिभिन्न मितिमा पाँचवटा पेस्तोलसहित मानिसहरु पक्राउ गरेका थिए। बिष्टले कर्तव्य ज्यान जस्तो गम्भिर अपराधका ४वटा मुद्दाका अभियुक्तलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए।

यस्तै प्रहरी हवल्दार यादवले मोरङ्गको कर्सिया बजारस्थित बिपि चौकमा रहेको सिटिजन्स बैंकमा हतियारधारी लुटेराहरुको समूह आई बैंकका सुरक्षा गार्डलाई गोली प्रहार गरी नगद समेत लुटी फरार भएका तीनजनालाई एउटा कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित पक्राउ गरेर कानूनी दायरामा ल्याएका थिए। haldar

यसरी प्रसनि बिष्ट र प्रहरी हवल्दार यादवले आम नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय काम गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारबाट पुरस्कृत गरेको हो।

वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्यबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवशको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरुप साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा.बिक्रम श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गरेका छन्।

प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस साधनादेबी प्रहरी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउदै आफ्नी आमा साधना देबी श्रेष्ठको स्मृतिमा बार्षिक रुपमा प्रदान गर्ने गरि स्थापना गरेका छन्। police 2

पुरस्कार कोषका संस्थापक प्राध्यापक डा.बिक्रम श्रेष्ठलाई निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलाले धन्यबाद दिएका थिए। कार्यक्रममा निमित्त प्रहरी प्रमुख बास्तोलाले पुरस्कृत हुने प्रहरी अधिकृतहरुलाई बधाई समेत दिएका थिए।

पुरस्कृत प्रहरीद्वयले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन्।

स्वर्गिय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उदेश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा.बिक्रम श्रेष्ठले आफुलगायत आफ्नो परिवार खुसी भएको बताएका छन्।

बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कारद्वारा ट्राफिक बरिष्ठ हवल्दार पोख्रेल पुरस्कृत

६७ औ प्रहरी दिवसको अवसरमा प्रदान गरिएको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कार प्रहरी बरिष्ठ हवल्दार तुलसी प्रसाद पोखरेललाई प्रदान गरिएको छ। यस बर्षबाट शुरु भएको २५ हजार धनराशीको सो पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने ट्राफिक प्रहरी मध्यबाट १जना प्रहरीलाई पुरस्कृत गरेको हो।

पुरस्कृत भएका पोखरेलले सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी इटहरी चोकलगायत बजार एरियामा ११वटा जेब्राक्रस निर्माण गरेको, इटहरी चोकमा जडित ट्राफिक बत्तिको सञ्चालन र कार्यान्वयनमा बिशेष भुमिका निर्वाह गर्नुका साथै ट्राफिक आवागमनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन्। traffice

पुरस्कृत पोख्रेललाई अक्षयकोषका संस्थापक बद्रिबिक्रम थापा गोदारले २५हजारको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गरेका हुन्। १८बर्ष हुँदा सवारी दुर्घटनामा ज्यान गुमाएका आफ्ना छोराको स्मृतिमा १नम्बर प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने एकजना प्रहरीलाई नगद २५ हजार पुरस्कार तथा प्रशंसा–पत्रद्वारा सम्मान प्रदान गरी यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५लाख रुपैयाको अक्षकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात गरिएको हो।