बिर्तामोड/ प्रहरीले झापाको बिर्तामोड र मेचिनगरबाट चारजनालाई नियन्त्रणमा लिएको छ। झापाको बिर्तामोड– बाट तीनजना र मेचीनगर–६बाट एकजना ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

मंगलबार इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड-५ बाट माई नगरपालिका-२ इलामका २२ बर्षीय केबिन्द्र गोले, २७बर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनन्द गाउँपालिका-५ पाँचथरका ३२ बर्षीय सन्त लिम्वुलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाको साथबाट प्रहरीले १३ ग्राम ब्राउनसुगर बरामद गरेको छ।

हिजो नै अपरान्ह साढे ४ बजे तीर इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट पैदल हिँडेर नेपाल आउदै गरेका रामेछाप नगरपालिका–८ रामेछापका ३० बर्षीय बिजय लामालाई शंकालागि चेकजाँच गर्दा ७५ ग्राम ब्राउनसुगर फेला पारेको थियो। ब्राउन सुगरसहित पक्राउ परेका लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ब्राउनसुगरसहित पक्राउ परेकाहरुको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।