मोरङ/ इलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित कार्यालय भवनको मंगलबार समुद्घाटन गरिएको छ। कार्यालय परिसरमा मंगलबार(आज) बिहान एक कार्यक्रमका बीच कार्यालय भवनको उद्घाटन गरिएको हो।

मंगलबार बिहान भएको एक बिशेष कार्यक्रममा प्रदेश नम्बर १का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवनको बिधिवत रुपमा समुद्घाटन गर्नुभएको हो।

भवन उद्घाटनको क्रममा मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनुभयो। pp

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरीकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरीकले सुरक्षाको प्रत्याभुती पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रदेश नम्बर १का प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४सै घण्टा ड्युटीमा रहनुपर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनुभयो।

उहाँले सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ नागरिकहरुको जीउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो।

१ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा साढे २ तले कार्यालय भवन निर्माण भएको हो।

कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, सञ्चारकर्मीलगायत स्थानीयवासीको उपस्थिति थियो।