इटहरी/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा “चक्रघट्टी टिकटक ग्रुप” निकै चर्चित छ। टिकटकमार्फत ग्रुपले समाजका हरेक बिषयलाई सबै सामु ल्याउने गरेको छ। 3333

ग्रुपले मंगलबार बराहक्षेत्रका ४वटा बिद्यालयका ८जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ। ग्रुपले स्थानीय बसन्तऋतु मा.वि, महेन्द्र मा.वि. तित्रीगाछी, महेन्द्र मा.वि.चक्रघट्टी र भानु आधारभूत बिद्यालय आइतबारेका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो। 55555

ग्रुपमा आर.एस.पोल्ट्री सप्लायर्सका सञ्चालक सुशील घिमिरे, महेन्द्र नगर खानेपानी कार्यालयका कर्मचारी भरत घिमिरे, बराहक्षेत्रका सञ्चारकर्मी सुमन बिकल, भुवन फेन्सीका सञ्चालक भुवन गिरी, युवा व्यवसायी नवीन श्रेष्ठ र रोयल भाइब डान्स सेन्टरका डान्सर नोबु सरकारसहित ६जना सदस्यहरु छन्। 1111

“चक्रघट्टी टिकटक ग्रुप” ले टिकटकमा आएको गिफ्ट र प्रत्यक्षरुपमा आएको आर्थिक सहयोगलाई बिपन्न ब्यक्तिको सेवामा लगाउदै समाजमा उदाहरणीय कार्य गर्दै आएको छ। 888888

ग्रुपलाई शैक्षिक सामाग्री वितरणका लागि बराहक्षेत्र–८का सञ्जिव आचार्य (हाल कतार) बाट १३ हजार २ सय ६३ रुपैँया सहयोग प्राप्त भएको थियो। ग्रुपले टिकटकमा आएको गिफ्टलाई सदैव समाजसेवामा नै लगाउने बताएको छ। 2222

ग्रुपले लकडाउनको समयमा पनि ग्रुपले निभेको चुलो बाल्ने अभियान चलाएको थियो। सो ग्रुपले आर्थिक रुपमा बिपन्न बराहक्षेत्रका बिभिन्न परिवारलाई १लाख ५०हजार रुपैँया बराबरको खाद्यान्न बितरण गरेको थियो। 33333 1

666666