सुनसरी/ प्रख्यात भारतीय मोटरसाईकल उत्पादक कम्पनि बजाजले सुनसरीको इटहरीमा बुधबार(भोली) १२५सिसीको NSबाईक सार्वजनिक गर्ने भएको छ।

बजाजको इटहरीस्थित बितरक अटोसिटीले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो। बजाजको NS 125 सिसी बाईकमा अगाडीको चक्कामा डिस्क र पछाडीको चक्कामा ड्रम ब्रेक जडान गरिएको र एबिएस उपलब्ध नभएपनि कम्वाईन ब्रेकिङ्ग सिस्टम जडान गरिएको अटोसिटी इटहरीका प्रवन्धक जयन्त सन्थलियाको भनाई छ।

मोटरसाईकल लञ्च कार्यक्रममा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने प्रवन्धक सन्थलियाले जानकारी दिएका छन्। बुधबार साँझ ५ बजेपछि शुरु हुने कार्यक्रममा गायक प्रमोद खरेल र टिका प्रसाँईले सांगितिक प्रस्तुती प्रस्तुत गर्ने र हास्य कलाकार सुमन कार्कीले हास्य प्रस्तुती प्रस्तुत गर्ने प्रवन्धक सन्थलियाको भनाई छ।

कार्यक्रममा प्रवन्धक सन्थलियाले दशैँ तिहारको अवसरमा बजाज कम्पनिले आधाको आधार अफर अन्तरगत क्याँस र फाईनान्स खरिदमा ७हजार रुपैँया छुट प्रदान गर्नुका साथै २५देखि ५० प्रतिशत डाउन पेमेन्टमा सरल फाईनान्सको सुबिधा रहेको जनाएका छन्।