इटहरी/ सुनसरीको इटहरीमा भोलि (बुधबार) शैक्षिक मेला हुने भएको छ। नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल (ई–क्यान) ले शैक्षिक मेला गर्ने भएको हो।

बुधबार (भोलि) बिहान ८ बजे इटहरीको दुर्गा पार्टी प्यालेसमा शैक्षिक मेलाको उद्घाटन हुने ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रिले बताएका छन्।

युवा बिद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला गर्न लागिएको भन्दै अध्यक्ष लकान्द्रीले शैक्षिक मेलामा सहभागी हुने बिद्यार्थीलाई सिनेमा हलको निःशुल्क टिकट समेत बितरण गरिने जनाइएको छ। ‘बिद्यार्थीलाई हामीले सहजीकरण गर्ने उदेश्यले यो मेला लगाउन खोजिएको हो’ अध्यक्ष लकान्द्रिले भने।

उनले सहभागी बिद्यार्थीलाई सिनेमा हलको निःशुल्क टिकट समेत दिइने बताएका छन्। उनका अनुसार कार्यक्रममा ई–क्यानका केन्द्रिय अध्यक्ष प्रकाश पाण्डे, निवर्तमान अध्यक्ष बिष्णुहरि पाण्डे साथै बिभिन्न शिक्षा क्षेत्रका व्यक्तिहरुको सहभागी हुनेछ।

ई–क्यानले बुधबार २२ गते इटहरीको दुर्गा पार्टी प्यालेस, २३ गते बिहीबार धरानको सिद्वि नेवा परिषद्को भवन र २४ गते शुक्रबार विराटनगरको नमस्कार होटलमा शैक्षिक मेला सञ्चालन गर्ने ई–क्यान पूर्वाञ्चलका निवर्तमान अध्यक्ष रोशन निरौलाले बताएका छन्।

निरौलाले ५ बजेसम्म सञ्चालन हुने मेलामा दैनिक एक हजार भन्दा बढी बिद्यार्थीले अवलोकन गरी परामर्श लिनेछन्। बिभिन्न ठाउँका व्यवसायीहरुले राखेको स्टलमा बिद्यार्थीले परामर्श गर्ने तथा उनीहरूलाई दक्ष एवं अनुभवी व्यक्तिहरुबाट परामर्श समेत दिइने बताइएको छ।

तीनदिने मेलाको कुल लागत २५ देखि २६ लाख रुपैयाँ अनुमान गरिएको छ।