बिराटनगर/ अध्ययनका लागि बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका नयाँ बिद्यार्थीलाई कलेजले स्वागत गरेको छ। कलेज परिसरमा भब्य कार्यक्रम गरेर एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायका बिद्यार्थीलाई स्वागत गरिएको हो।

कार्यक्रममा नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, सहायक प्राचार्य प्रा.डा.रितु शर्मा बराल, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार, जेनेरल मेनेजर रुद्र प्रसाद शर्मालगायतले बिद्यार्थीलाई अविर लगाएर कलेजमा स्वागत गर्नुभएको थियो। सो अवसरमा ‘ह्वाइट कोट सेरमोनी’ पनि गरियो। कलेजको तर्फबाट सबैजना नयाँ बिद्यार्थीलाई सेतो कोर्ट पहिर्‍याइयो। कलेजको नियम र पालना गर्नुपर्ने अनुशासनको बिषयमा कार्यक्रममा विद्यार्थीलाई जानकारी पनि गराइएको थियो। Nobel-Student-Welcome-Photo-2

स्वागत कार्यक्रममा प्राचार्य प्रा.डा.घिमिरेले चिकित्सा शिक्षाका लागि नोबेल मेडिकल कलेज मुलुककै उत्कृष्ट कलेजको रुपमा स्थापित भएको दावी गर्दै पढाईका लागि नोबेल रोजेकोमा विद्यार्थी र अभिभावकहरुलाई धन्यवाद दिनुभयो। मेहनत गरेर अध्ययन गर्न बिद्यार्थीलाई सुझाव दिदैं उहाँले राम्रो पढेमा बिद्यार्थीको भविष्य उज्ज्वल रहेको बताउनुभयो। Nobel-Student-Welcome-Photo-11

कलेजका अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.कुमारले छोराछोरीलाई उत्कृष्ट शिक्षाका लागि बाटो देखाउने र सहयोग गर्ने अभिभावकहरुप्रति आभार व्यक्त गर्नुभयो। जेनेरल मेनेजर रुद्रप्रसाद शर्माले पनि बिद्यार्थीलाई कलेजमा स्वागत गर्दै राम्रो मेहनत गरेर अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिनुभयो।

नोबेलमा एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायमा १५९जना बिद्यार्थी भर्ना भएका छन्। नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुक भारतवाट पनि बिद्यार्थी अध्ययनका लागि आएको नोबेल मेडिकल कलेजकी प्रवन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिनुभयो। Nobel-Student-Welcome-Photo-12

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय बिद्यार्थी अध्ययनरत छन्।