सुनसरी/ भाद्र २ गते कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डाक्टर कुटिएको बिरोधमा सुनसरीको इटहरीमा कार्यरत डाक्टरहरुले प्रदर्शन गरेका छन्। डाक्टर एशोसिएसन इटहरीको आयोजनामा शुक्रबार बिहान डाक्टरहरुले प्रदर्शन गरेका हुन्।

यहि भाद्र २ गते कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डाक्टर करण साहलाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीले अस्पतालकै आकस्मिक कक्षमा काम गरिरहेको समयमा नै कुटपिट गरेका थिए।

डा.साहलाई कुटपिट गर्दै गरेको सिसि क्यामेरा फुटेज छँदाछँदै पिडकलाई उन्मुक्ति दिन सरकार लागेको भन्दै चिकित्सकहरु अव चुप लागेर नबस्ने भन्दै शशक्त रुपमा अघि बढ्ने बताएका छन्।

डाक्टर कुट्नेलाई कारबाहि गर सरकार अव त उठ जस्ता नारा लेखिएका प्ले कार्ड हातमा बोकेका डाक्टरहरुले इटहरीको मुख्य चोकको परिक्रमा गरेका थिए।