इटहरी/ इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आँफु पाँचबर्ष भित्रमा इटहरीको आधारभुत आवश्यकता पूरा गर्ने उदेश्य बोकेको अबिचलित यात्री रहेको बताउनुभएको छ। इटहरीको मेयर हराएको भन्दै सामाजिक सञ्जालमा बिभिन्न ब्यक्तिहरुले लेख्न थालेपछि मेयर पौडेलले प्रतिकृया स्वरुप फेसबुक स्टाटस लेख्दै यस्तो प्रतिकृया जनाउनुभएको हो।

उहाँले मेयर नहराएको भन्दै सवैलाई हेदै, सुन्दै रहेको भन्दै आँफु उत्तेजित हुनेवाला नरहेको र सयदिन पु¥याउन बाँकी नै रहेको र लक्ष्य नहराएको उल्लेख गर्नुभएको छ।

मेयर पौडेलले हतारोले गन्तव्य पुग्न नसकिने भन्दै बिना योजना, कानुन बिना हातमा छडि लिएर जनतालाई नै आतंकित पार्दै हिड्ने मानिस आँफु नभएको भन्दै आँफु जननिर्वाचित जनप्रतिनिधि (सेबक) रहेको स्मरण गराउनुभएको छ।

मेयर पौडेलले आँफु अगाडि पछाडी प्रहरी, सञ्चारकर्मी र युबटुवरको लर्को लिएर हिड्ने मानिस पनि नरहेको भन्दै आँफु जनताको विचार र भावनालाई सम्मान गर्दै एकता र मेलमिलापको सुत्रलाई आत्मासात गर्दै गोल गर्ने कछुवाको तालमा हिड्ने मानिस रहेको बताउनुभएको छ।

हेर्नुहोस मेयर पौडेलको फेसबुक स्टाटस :

hp dai

आदरणीय इटहरीबासी आमाबुवा दाजुभाइ दिदिबहिनी हरु कुनै पनि कुरा को हतारो ले गन्तव्य पुग्न सकिन्न,बिना योजना, बिना कानुन हातमा छडि लिएर जनता लाई नै आतंकित पार्दै हिड्ने मानिस होइन! म जननिर्वाचित जनप्रतिनिधि (सेबक) हु ,अगाडि पछाडी प्रहरी र संचारकर्मी र युबटुवर को लर्को बोकेर हिड्ने मानिस नि होइन म,जनता को विचार र भावना लाई सम्मान गर्दै एकता र मेलमिलाप को सुत्र लाई आत्मासात गर्दै गोल गर्ने कछुवा को तालमा हिड्ने मानिस हु,पाचबर्ष भित्रमा इटहरी को आधारभुत अवस्यकता पूरा गर्ने उदेश्य बोकेको अबिचलित यात्री हु।मेयर हराएको छैन, सबलाइ हेर्दैछ ,सुन्दैछ, उत्तेजित हुनेवाला छैन,१०० दिन पुराएको छैन,लक्ष्य हराएको छैन,जयनेपाल ,जयइटहरी