इटहरी/ प्रेस चौतारी इटहरीले सञ्चालन गरेको सातदिने फोटोसप र भिडियो मिक्सिङसम्बन्धी आधारभुत तालिमको समापन गरिएको छ। पत्रकार र पत्रकारितामा रुची राख्नेहरु प्रति लक्षित तालिमको बुधबार समापन गरिएको हो।

इटहरीस्थित ब्रिटिश एजुकेशन कन्सल्टेन्सीको सभा हलमा सञ्चालन भएको तालिममा इटहरीमा चर्चित फोटो पत्रकार बिषप ताम्राकार, सञ्चारकर्मी हिमाल दाहाल तथा ब्रिटिश एजुकेशनका आइटि इञ्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्बन्धि र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सिङसम्बन्धी सहजिकरण गरेका थिए।

तालिमले आफूहरुलाई निकै सहयोग पुर्‍याएको तालिममा सहभागीले बताएका छन्। उनिहरुले आफ्नो क्षमता बृद्दिमा तालिमले सहजता प्रदान गरेको बताएका छन्। सहभागीहरुले यस्ता किसिमका तालिमहरुले आफूले धेरै बिषय सिक्न सहज भएको भन्दै प्रेस चौतारीले गरेको कार्यक्रमको प्रसंशा गरेका छन्। उनिहरुले आगामी दिनमा पनि यस्ता तालिमहरु सञ्चालन गर्न प्रेस चौतारी समक्ष अनुरोध समेत गरेका छन्।

प्रेस चौतारी नेपाल इटहरी कमिटिका अध्यक्ष रेवती निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीको केन्द्रिय अनुशासन आयोग सदस्य त्रिलोचन पौडेल, प्रेस चौतारी सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेल, प्रेस सेन्टर नेपालका उप-महासचिव राजन केडि, प्रेस चौतारी इटहरी नगर इञ्चार्ज विकल पौडेललगायतको उपस्थिती थियो।

समापन कार्यक्रम प्रेस चौतारी नेपाल इटहरी कमिटिका अध्यक्ष रेवती निरौलाले आगामी दिनमा पनि बिभिन्न प्रकारका तालिमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।