बराहक्षेत्र/ शिक्षा व्यवस्थापन सूचना प्रणाली (EMIS) ले शिक्षा प्रणालीका सबै तहहरूमा निर्णय-निर्धारण, नीति-विश्लेषण र तर्जुमा, योजना, अनुगमन र व्यवस्थापनलाई समर्थन गर्न डेटा र सूचनाहरू सङ्कलन, एकीकृत, प्रक्रिया, मर्मत र प्रसार गर्ने लक्ष्य राख्दछ । यो व्यक्ति, प्रविधि, मोडेल, विधि, प्रक्रिया,  नियमहरूको एक प्रणाली हो जसले शिक्षाका निर्णयकर्ताहरू र व्यवस्थापकहरूलाई सबै तहका सान्दर्भिक, भरपर्दो, स्पष्ट र एक व्यापक, एकीकृत सूचना  प्रदान गर्न एकसाथ कार्य गर्दछ।

shi prbn

सामुदायिक तथा संस्थागत विद्यालयहरुले पहिले कागजीरुपमा भर्ने Flash-i, Flash-ii को विकसित रुप हो iemis , हाल सबै विद्यालयहरुले iemis भर्नु पर्ने हुन्छ । तर कतिपय विद्यालय लाई भने कम्प्युटरमा iemis सम्बन्धि काम गर्नु भनेको फलामको चिउरा चपाउनु जस्तै भएको छ ।

shi ku

यो समस्याको समाधानमा बराहक्षेत्र नगरपालिकाको शिक्षा शाखा दत्तचित्त भएर लागि परेको छ । iemis सम्बन्धि तालीम बाट यो समस्याको हल बराहक्षेत्रमा भइरहेको छ । शिक्षा शाखाले ict सम्बन्धि तालिम पनि समय समयमा संचालन गरिरहेको छ । भाद्र १ गते देखि ८ गते सम्म शाखाले iemis सम्बन्धि तालिम संचालन गरेको छ । वडागत रुपमा शिक्षकहरुलाई सहभागी गराएर तालिम संचालन गरेको प्राबिधिक सहायक स्वस्तिका धमलाले बताउनु भएको छ । उहाँका अनुसार अब बराहक्षेत्रमा iemis भर्नकै लागि ईन्स्टिच्युट धाइरहनु पर्दैन ।

shi not

शाखा प्रमुख देवेन्द्र बहादुर मल्लका अनुसार , iemis भरेकै आधारमा  विद्यालयहरुमा कार्यक्रम तथा रकमहरु बिनियोजित हुने हुँदा कुनै पनि विद्यालयहरुले गलत विवरण नभरुन भनेर तालिमको आयोजना गरिएको हो । हाल सम्म बराहक्षेत्र नगरपालिकामा राजकुमार खड्का, लक्ष्मी प्रसाद लिम्बू, तुलसी श्रेष्ठ र लालु चौधरी लगायतका ict सम्बन्धि प्रशिक्षकको उत्पादन भैइसके शिक्षा अधिकृत उत्तम भारतीले जानकारी दिनु भएको छ ।