घरेलु हतियार लिएर आतंक फैलाउने दुईजना केराबारीबाट पक्राउ

  • न्युजडेस्क
  • प्रकाशित मिति: श्रावण २०, २०७९

केराबारी/ मोरङ्गको केराबारीमा हतियार लिएर आतंक फैलाउने दुईजना पक्राउ परेका छन्। केराबारी ५मा उनिहरु बुधबार दिउसो पक्राउ परेका हुन्।

बुधबार दिउसो १बजेतिर इलाका प्रहरी कार्यालय केराबारीले केराबारी ५बाट अन्दाजी २२बर्षको बान्द्रे भन्ने बिजय मगर र सोहि ठाउँका अन्दाजी २०/२२का देवाङ्ग भन्ने सुरज लिम्बुलाई पक्राउ गरेको हो।

मगर र लिम्बुले घरेलु हतियार बोकेको याङ्गशिला तर्फ झगडा गर्न जान लाग्दै गर्दा स्थानीयको सुचनाको आधारमा नियन्त्रणमा लिएको बेलबारी प्रहरीले जानकारी दिएको छ।

उनिहरुको साथबाट प्रहरीले एउटा दापसहितको खुकुरी, एउटा भाला, एउटा तरबार र एउटा बाम्फोक बरामद गरेको बेलबारी प्रहरीले जनाएको छ।

पछिल्लो समयमा इलाका प्रहरी कार्यालय केराबारीमा क्षेत्रीय अनुसन्धान ब्युरोमा पनि काम गरिसकेका किरण मोक्तान प्रहरी प्रमुख भएर गएपछि हरेक वडामा गस्ति बढाउँदा स्थानीयले सुरक्षाको महसुस गर्न थालेका छन्।

स्थानीयले सुरक्षाको प्रत्याभुति गर्न थालेको भन्दै प्रहरीको प्रशंसा गरेका छन्।

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved