इटहरी/ सुनसरीको इटहरीमा शनिबारदेखि राति ११बजे सम्म होटलहरु खुल्ने भएका छन्। (आज) शनिबार इटहरीमा भएको छलफलबाट यस्तो निर्णय भएको हो।

होटल ब्यवसायी संघ इटहरीले गरेको होटल ब्यवसाय र अपराध न्युनिकरण सम्बन्धि अन्तरकृया कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, इटहरी उपमहानगरपालिकाका प्रमुख र होटल ब्यवसायीबीच भएको छलफलबाट यस्तो निष्कर्ष निकालिएको हो।

अन्तरकृयामा सहभागी अधिकांस ब्यवसायीहरुले राती ११बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका थिए। उनिहरुको माग बम्मोजिम सुरक्षा निकायका प्रमुख, इटहरी उपमहानगरपालिकाका प्रमुख अनि होटल ब्यवसायी बीचको छलफलबाट आजैदेखि लागुहुने गरी राति ११बजे सम्म होटल सञ्चालन गर्ने निर्णय गरिएको हो।

अन्तरकृयामा सहभागी बाबुराम गिरीले इटहरीमा सञ्चालित होटलहरुलाई एउटै लेवलमा राखेर(ठुला र साना दुवै होटलहरुलाई) कर लिने गरिएको भन्दै बर्गिकरण गरेर करको दायरामा ल्याउनुपर्ने बताएका थिए।

यस्तै अर्का होटल ब्यवसायी एकचन्द्र बानियाले जोडि आउँदा निर्वाध राख्न नसकेको भन्दै कस्ता जोडि राख्न पाउने कस्ता जोडि राख्न नपाउने भनेर प्रश्न गरेका थिए।

होटल ब्यवसायी कृष्ण पराजुलीले होटल सञ्चालकहरुलाई प्रहरी प्रशासनले फरक नजरले हेर्ने गरेको भन्दै धारणा बदल्न आग्रह गरेका थिए। पराजुलीले होटलहरुमा अनावश्यक रुपमा छापा हान्न बन्द गर्न आग्रह गरेका थिए।

होटल ब्यवसायी सन्तोष पोख्रेलले ब्यवसायीले प्रहरीलाई र प्रहरीले ब्यवसायीलाई बिश्वास गर्न नसक्दा दुईबीच दुरी बढेको भन्दै दुरी घटाउनुपर्नेमा जोडदिएका थिए।

होटल ब्यवसायी संघ इटहरीकी उपाध्यक्ष पुनम थापा मगरले अब्यवस्थित पार्किङ्ग, अनि ठेलामा ब्यापार गर्नेहरुले आवामगनलाई असहज बनाएको भन्दै नियमन गर्नुपर्ने बताएकी थिईन। मगरले सडक मानवहरुका कारण पनि आपराधिक कृयाकलाप बढेको बताएकी छन्।

ब्यवसायीहरुले उठाएका जिज्ञासाको प्रमुख जिल्ला अधिकारी यादव, सुनसरीका प्रहरी प्रमुख संजयसिंह थापा, इटहरीका मेयर हेमकर्ण पौडेलले उत्तर दिएका थिए।