नोबेल अस्पतालको ‘एम्बुलेन्स क्याम्प’बाट असारमा मात्रै १४ हजार बिरामीको निःशुल्क उपचार

  • न्युजडेस्क
  • प्रकाशित मिति: श्रावण १३, २०७९

बिराटनगर/ मोरङ्गको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नम्बर ३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा मात्रै १४ हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरिएको छ। ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, पथरी, बयरवन, बिराटचौक र सुन्दरहरैंचाका बिभिन्न वडा तथा टोलहरुका १४ हजार ५ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका हुन्। Nobel-Ambulance-Camp-(4)

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सो क्षेत्रका नागरिकको निःशुल्क उपचारका लागि ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गर्ने व्यवस्था मिलाउनुभएको हो। ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १ हजार ४ सय ३०जनाको मुटुको जाँच (इसीजी), २ हजार ७ सय ६८ जनाको रगत परीक्षण र २ हजार ३ सय ३० जनाको भिडियो एक्सरे गरिएको नोबेल अस्पतालकी प्रवन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिनुभयो।

यसरी नै दाँतमा समस्या भएका ७ सय ४३ जनाको दाँत खोलिएको छ। एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ८ हजार ३ सय ७२ जना बिरामीलाई नोबेल अस्पताल ल्याएर उपचार गरिएको छ। जसमध्ये ४ सय ६२ जनाको शल्यक्रियासमेत गरिएको छ। Nobel-Ambulance-Camp-(2)

मोरङको क्षेत्र नम्बर ३ मा २६वटा वडा रहेको र एम्बुलेन्स क्याम्पबाट २६ वटै वडाका नागरिकलाई सेवा प्रदान गरिएको नोबेल अस्पतालका प्रबन्धक निर्देशक इन्दिरा शर्माले बताउनुभयो।

अस्पतालले गत जेठ पहिलो सातादेखि एम्बुलेन्स क्याम्प सञ्चालन गर्न थालेको हो। जस अन्तर्गत शनिवार बाहेकका हरेक दिन दुई टोली डाक्टरहरु टोल टोलमा पुगेर त्यहाँका बिरामीहरुको उपचार गर्ने गरेका छन्। भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजीगर्ने साधनसहित डाक्टरहरु गाउँगाउँमा जान्छन् र बिरामीको उपचार गर्ने गर्छन्। उपचार बापत बिरामीले कुनै शुल्क तिर्नुपर्दैन । डा.शर्माले नै निःशुल्क उपचारको व्यवस्था मिलाइदिनुभएको हो। Nobel-Ambulance-Camp-(3)

एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नहुने बिरामीलाई नोबेल अस्पतालमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गर्ने गरिएको छ। बिरामीलाई अस्पताल जान र घर फर्कन नोबेलले नै गाडीको व्यवस्था मिलाइदिएको छ।

यसैगरी, बयरवन र बिराटचौकमा छ्ट्टै शिविर सञ्चालन गरेर १ सय ४२ जना जेष्ठ नागरीकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार गरिएको छ। अव बेलबारी र पथरीशनिश्चरेका जेष्ठ नागरिकको पनि मुटु तथा फोक्सो रोगको उपचार गरिने प्रवन्ध निर्देशक शर्माले बताउनुभयो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved