केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाका अध्यक्षसहितको अनुगमन टोलिले अवैध उत्खनन् गर्दै गरेका दुईवटा स्काभेर नियन्त्रणमा लिएको छ। अनुगमन टोलिले शुक्रबार दिउसो अनुगमनका क्रममा स्काभेटर नियन्त्रणमा लिएको हो।

गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग मगरका साथै गाउँपालिकाका प्रतिनिधि र स्थानीयसहितको संयुक्त अनुगमन टोलिले अनुगमन गर्ने क्रममा नियम विपरीत उत्खनन् गरिरहेका शिवम् क्रसिङ उद्योग र महादेव मिनरल उद्योगका बा २ क ८६४७ नम्बर र बागमति प्रदेश १-00३-८0८६नम्बर दुईवटा स्काभेटर नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको स्थानीयले पूर्वीखबरलाई जानकारी दिएका छन्।

अनुगमनका क्रममा अध्यक्ष मिरिङ्गचिङ्गले क्रसरहरुलाई स्टक गरेको भन्दा अलिकति पनि जमिनको भाग नखन्न चेतावनी समेत दिनुभएको स्थानीयले बताएका छन्।