इटहरी/ प्रहरीले मोरङ्गको पथरी र झापाको मेचिनगरबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनिहरुलाई बिहिबार अपरान्ह नियन्त्रणमा लिएको हो।

बिहिबार दिउसो मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसतासी–९ झापाका नेत्रबिक्रम तुम्बाहाम्फेलाई नियन्त्रणमा लिएको हो।

भारतबाट नेपाल आउँदै गरेका ३६बर्षीय तुम्बाहाम्फेलाई प्रहरीले शंका लागी चेकजाँच गर्दा २ ग्राम ब्राउन सुगर फेला पारेको थियो।

यस्तै इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे-२ का २७ बर्षीय अजय राईलाई पनि नियन्त्रणमा लिएको छ। राईको साथबाट २०० मिली ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका नेत्रबिक्रम र अजयको बिषयमा थप अनुसन्धान गरिरहेको प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।