इटहरी/ बिना इजाजत पायल्स रोगको उपचार गर्ने एकजना भारतीय नागरीक पक्राउ परेका छन्। इटहरी प्रहरीले भारतीय नागरीक रनो तालुकदारलाई पक्राउ गरेको हो।

असार ६ गते बेलुका इटहरी–६ स्थित हटिया लाईनमा रहेको एक फार्मेसीमा पायल्स रोगको अपरेशन तथा उपचार हुन्छ भनेर ईलाज सम्बन्धी कसुर गर्ने भारतको पश्चिम बंगाल उत्तर चौविसे पगरवना घर भएका ३१बर्षीय रनो तालुकदारलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो।

बिना ईजाजत पायल्स रोगको अपरेशन तथा उपचार हुन्छ भन्ने आश्वासन दिई बिभिन्न व्यक्तिबाट रकम लिई ईलाज सम्बन्धी कसुर गरिरहेको भन्ने जानकारीका आधारमा रनोलाई उपचारमा प्रयोग हुने औजारहरुसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका रनोलाई सुनसरी जिल्ला अदालतबाट ७दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।