केराबारी/ केराबारी गाउँपालिका १पाटिगाउँको शिरुवानी भन्ने ठाउँमा सोमबार राति आएको पहिरोका कारण ८ परिवारको बिचल्ली भएको छ। पहिरोले एक घर बगाएर र सातवटा घरमा पहिरो पस्दा ८ परिवारको बिचल्ली भएको हो। ghar bhitra

सोमबार राति आएको पहिरोले केराबारी १ पार्टिगाउँ साबिक पार्टिगाउँ २की रत्नमाया मगरको घर नै बगाएको छ। यस्तै स्थानीय रुदनसिंह मगर, दुर्गा मगर, रनमाया मगर, बिशान मगर, सुरेश लिम्बु र पुर्णबहादुर राईको घरमा पहिरो पसेको छ। मानिसहरुले भने भागेरर ज्यान जोगाएको स्थानीयको भनाई छ।

घर बगाएर अनि पहिरो पसेर बिचल्ली भएका परिवारलाई छिमेकीका घरमा राखिएको केरावारी १का वडाध्यक्ष शरण पिठाकोटे मगरले पूर्वीखबरलाई टेलिफोन सम्बादमा बताउनुभयो। bhitri 1

वडाध्यक्ष मगरले दिदएको जानकारी अनुसार रत्नमायाको परिवारका सदस्यले लगाएको एकसरो लुगाबाहेक सबै बगाएको छ। वडाध्यक्ष मगरले रत्नमायाको परिवारलाई वडा कार्यालयले प्रारम्भिक राहत सामाग्री उपलब्ध गराएको जनाउनुभयो। bhitri 2

यस्तै आज बैठक बसेर पहिरो पसेका अन्य सातपरिवारलाई के गर्ने भन्ने निर्णय गरिने मगरले बताउनुभयो। वडाध्यक्ष मगरले दिएको जानकारी अनुसार स्थानीय जीतबहादुर मगरको एक हल गोरु र एउटा गाईपनि पहिरोले लगेको छ। यस्तै स्थानीय खङराज लिम्बुले लगाएको सम्पुर्ण बालिमा क्षति पुगेको छ। bali

वडाध्यक्ष मगरले आँफुले हालसम्म यत्रो पानि परेको थाहा नै नपाएको भन्दै अन्य कयौँ ब्यक्तिको घरमा पनि पहिरो पसेको जनाउनुभयो।

पहिरोले बगायो सडक
सोमबार आएको पहिरोका कारण केराबारी १को सडक सम्बन्ध टुटेको छ। पहिरोले केराबारी १ जोड्ने कच्चि सडकको तीनवटा घुम्ति नै बगाएको भन्दै वडाध्यक्ष मगरले आँफुहरुलाई पहिरोले नाकावन्दि नै लगाएको बताउनुभयो। उहाँले भन्नुभयो, “तत्काल बनाई हाल्ने अवस्था नै छैन, यातायात सुचारु हुन समय लाग्ने अवस्था छ, सडक सुचारु गर्न १०लाख भन्दा माथि नै खर्च होला जस्तो देखिन्छ।” BHITRI